नियम
श्रमिक माग गर्ने
(१) रोजगारदाताले आफूलाई आवश्यक पर्ने श्रमिकको माग गर्दा अनुसूची-- ३ बमोजिमको ढाँचामा रोजगार सेवा केन्द्रमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम रोजगारदाताको माग बमोजिमको? श्रमिक रोजगार सेवा केन्द्रमा उपलब्ध भएमा निवेदन प्राप्त भएको मितिले सात दिनभित्र रोजगार सेवा केन्द्रले श्रमिक सिफारिस गरी सम्बन्धित रोजगारदातालाई सूचना दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम रोजगार सेवा केन्द्रले सिफारिस गरी काममा खटिएको श्रमिकले जुनसुकै कारणले काम छाडेमा रोजगारदाताले रोजगार सेवा केन्द्रलाई सोको जानकारी गराउनु पर्नेछ ।